टम क्रुजको ‘टपगन’को ट्रेलर रिलिज, नेपालमा जेठ १३ मा रिलिज हुने - Crazysaptahik.com

टम क्रुजको ‘टपगन’को ट्रेलर रिलिज, नेपालमा जेठ १३ मा रिलिज हुने

टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगनः माभेरिक’को ट्रेलर रिलिज भएको छ । अभिनेता क्रुजले फिल्ममा चर्चित पात्र क्याप्टेन पिटीको भूमिका निर्वाह गरेका छन् । परीक्षण उडानमा विमान चालकको रुपमा उनको अभिनय देख्न सकिन्छ ।

सन् १९८६ को हिट फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले रिलिज गर्न लागेको हो । ट्रेलरमा थ्रिलर, एक्सन र ड्रामा समावेश गरिएको छ । अमेरिकी नेभी सेनाको एक पाइलटको भूमिकामा देखिएका टम क्रुजको यो फिल्मको विश्वभर प्रतीक्षा छ ।

यसअघि कोरोना महामारीले फिल्मको रिलिजमा ढिलाइ हुँदै आएको थियो । फिल्ममा अभिनेता क्रुजसहित जेनिफर कोनेली, लेविस पुलम्यान, चाल्र्स पार्नेल लगायतको अभिनय छ । आगामी मे २७ अर्थात् जेठ १३ गते नेपालमा यो फिल्म रिलिज गर्ने तयारी छ ।

सम्बन्धित खवर