‘प्रेमगञ्ज’मा तेजको ‘राजा’ लुक्स - Crazysaptahik.com

‘प्रेमगञ्ज’मा तेजको ‘राजा’ लुक्स

फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । उनको यो डेब्यु फिल्म पनि हो । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्मको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् ।

यसअघि भ्यालेन्टाइन डेको अवसरमा अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक गरिएको थियो । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्काको अभिनय छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोड लगानी भएको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.