‘शमशेर’मा हिमेश र सुमनको यस्तो लुक्स - Crazysaptahik.com

‘शमशेर’मा हिमेश र सुमनको यस्तो लुक्स

मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । फिल्म निर्माण युनिटले उनीहरुको पात्र लुक्स सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । प्रमुख महिला अभिनेत्रीको भने खोजी भइरहेको जनाइएको छ ।

एक्सन जनरामा निर्माण गरिने यो फिल्ममा एभरेस्ट फिल्म एकेडेमी र डीआर डेनिम ब्यानरको लगानी हुनेछ । फिल्ममा हिमेश र सुमनको भूमिकाबारे उल्लेख नगरिएपनि उनीहरुको चरित्रबारे संकेत गरिएको छ ।

काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने फिल्ममा सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.