साउथ फिल्मप्रति जोनको टिप्पणी : हिन्दी फिल्मको हिरो हुँ, क्षेत्रीय फिल्म गर्दिन - Crazysaptahik.com

साउथ फिल्मप्रति जोनको टिप्पणी : हिन्दी फिल्मको हिरो हुँ, क्षेत्रीय फिल्म गर्दिन

बलिउड अभिनेता जोन अब्राहम फिल्म ‘अट्याक’को पहिलो श्रृंखला लिएर दर्शकमाझ आउँदैछन् । फिल्मका दुवै ट्रेलरले इन्टरनेटको दुनियाँमा चर्चा बटुलिरहेका छन् । दर्शकहरु उनको यो फिल्मलाई सिनेमा हलमा हेर्न आतुर छन् ।

यही शुक्रबार रिलिज हुने ‘अट्याक’को प्रचारप्रसारमा जोन फिल्मकी नायिकासँग दौडधूप गरिरहेका छन् । प्रमोसनको दौरानमा जोनले दक्षिण भारतीय (साउथ) फिल्मका विषयमा पनि टिप्पणी गरेका छन् ।

उनले आफूले साउथ फिल्ममा अभिनय गर्न लागेको हल्लाको खण्डन समेत गरे । साउथ स्टार प्रभासको फिल्म ‘सालार’मा जोनले काम गर्न लागेको चर्चाका विषयमा उनले भने, ‘म कहिले पनि क्षेत्रीय फिल्ममा काम गर्नेछैन ।

म हिन्दी फिल्मको हिरो हुँ, यही रहनेछु । साउथ फिल्ममा सेकेन्ड लिड बनेर वा अरु बलिउडका कलाकारहरुले जस्तो काम गर्नेछैन ।’ जोनले प्रभाससँग ‘सालार’मा काम गर्न लागेको चर्चा केही समयदेखि भारतीय सञ्चारमाध्यममा छाइरहेको थियो ।

लक्ष्यराज आनन्दले निर्देशन गरेको फिल्म ‘अट्याक’मा जोनका अलावा ज्याकलिन फर्नान्डेज, रकुल प्रीत सिंह, प्रकाश राज र रत्ना पाठक शाहको पनि प्रमुख भूमिका रहेको छ ।

 

सम्बन्धित खवर