पल शाहलाई स्वागत गर्न विमानस्थल पुगे राजेश पायल राई, दिए यस्तो सुझाव - Crazysaptahik.com

पल शाहलाई स्वागत गर्न विमानस्थल पुगे राजेश पायल राई, दिए यस्तो सुझाव

गायक राजेश पायल राई बलात्कार आरोपमा सफाइ पाएपछि छुटेका अभिनेता पल शाहको स्वागत गर्न पुगेका छन् उनी मंगलवार काठमाडौँ आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका हुन् । सो क्रममा गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए ।

उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए । उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो ।

उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन् । गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन् । भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन् ।’ सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौँ आएका हुन् ।

काठमाडौँ आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।

सम्बन्धित खवर