फिल्म महोत्सवलाई सघाउन सरकार तयार छ प्रधानमन्त्री प्रचण्ड - Crazysaptahik.com

फिल्म महोत्सवलाई सघाउन सरकार तयार छ प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए । ‘उहाँले सिनेमा टुरिजममा फिल्म फेस्टिभलको महत्वबारे चर्चा गर्नुभयो । त्यसका लागि सरकार सघाउन तयार रहेको समेत बताउनुभयो,’ पाठकले भने ।

अवसरमा निफ टोलीले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तो समेत दिएको थियो । चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुने फेस्टिभल क्यूएफएक्सका काठमाडौं उपत्यकामा रहेका सिनेमा हलहरुमा आयोजना हुँदैछ ।

सम्बन्धित खवर