सुस्मिता सेनलाई हृदयघात, चिकित्सकले गरे ‘एन्जियोप्लास्टी’ - Crazysaptahik.com

सुस्मिता सेनलाई हृदयघात, चिकित्सकले गरे ‘एन्जियोप्लास्टी’

बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्यलाभको कामना गरेका छन् । उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् ।

जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिनअघि हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरें । स्टेन्ट राखिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे । समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद ।

यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो । सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु ।’ सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । ‘चाँडै स्वास्थ्यलाभ गर्नू ।

तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ एक फ्यान लेख्छन् । ‘हे भगवान्, आफ्नो ख्याल गर्नु । तपाईं अहिले राम्रो गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुसी लाग्यो । अतिमीलाई सधैं धेरै माया,’ अर्का एक फ्यानले लेखेका छन् ।

सुस्मिता चाँडै ‘आर्य’ सिजन ३ मा देखिनेछिन् । यसअघि सन् २०१९ मा सुस्मिताले इन्स्टाग्राममा आउनुको कारण आफ्नो खराब स्वास्थ्य रहेको बताएकी थिइन् । उनलाई उध्दृत गर्दै पिंकभिलाले लेखेको थियो, ‘म धेरै बिरामी थिएँ र कपाल झरिरहेको छ ।’ उनले सन् २०२० मा अनुपमा चोपडासँगको एक अन्तर्वार्तामा आफ्नो रोगको बारेमा पनि बताएकी थिइन् ।

सम्बन्धित खवर