‘क्रिड ३’को विश्व प्रिमियरमा हलिउड स्टारहरु, नेपालमा पनि भोलि रिलिज हुँदै - Crazysaptahik.com

‘क्रिड ३’को विश्व प्रिमियरमा हलिउड स्टारहरु, नेपालमा पनि भोलि रिलिज हुँदै

माइकल बी जोर्डनको शीर्ष भूमिका रहेको हलिउड स्पोर्ट्स ड्रामा ‘क्रिड ३’को नेपाली समयानुसार बिहीबार बिहान अमेरिकाको लस एन्जलसमा विश्व प्रिमियर गरिएको छ । अभिनेत्री टेसा थम्पसन सुनौलो झिलिमिली पोसाकमा रेडकार्पेटमा उपस्थित हुँदा अभिनेता जोर्डन भने स्लीक सुटमा सहभागी भए ।

३९ वर्षीया मार्वल अभिनेत्रीले ‘ब्ल्याक प्यान्थर’ फेम्ड ३६ वर्षीय अभिनेतासँग फिल्ममा अभिनय गरेकी छन् । प्रिमियरमा अभिनेता समेत रहेका जोर्डनले आफ्नो डेब्यु निर्देशकीय अवसरलाई सेलिब्रेसन समेत गरे । ‘क्रिड ३’ शुक्रबारदेखि नेपाललगायत मुलुकमा रिलिज हुँदैछ ।

यो रकी फिल्म सिरिजको नवौं श्रृंखला हो । सिल्भर स्टालोनबिनै क्रिडको नयाँ श्रृंखला आउन लागेको हो । यद्यपि निर्माताको रुपमा अभिनेता स्टालोन अझै रहनेछन् । फिल्मले बाल्यकालका दुई साथीबीचको मित्रता र दुश्मनीको कथा पेस गर्छ । खेलसम्बन्धी फिल्ममा रुचि राख्ने दर्शकलाई यो फिल्म प्रिय लाग्नसक्छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.