३१ दिनमा सकियो नम्बरी सुनको छायांकन - Crazysaptahik.com

३१ दिनमा सकियो नम्बरी सुनको छायांकन

राजु गिरीको निर्देशन रहेको फिल्म नम्बरी सुनको छायांकन सकिएको छ । काठमाडौँ, लम्जुङ्गकको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको फिल्म ३१ दिनमा सकिएको हो ।

७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मान महर्जन लगनयत कलाकारको अभिनय रहेकोछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर बनाएका हुन् ।

नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.