दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना - Crazysaptahik.com

दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना

नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सँधै लफडाबाजी चलिरहेको हुन्छ, तर आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य हो ।

फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामना दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिए पछि धेरैले उनीहरू विश्वास र सम्मान प्रकट गरेका छन्।

गिरी र अनमोल दुवैले दुवै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन् र दुवैले एक अर्कालाई शुभकामना पनि दिएका छन् । अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो ।

साथै भोलि देखि तपाईहरु समक्ष प्रदर्शनमा आइरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाइ दिदीहरूको छक्का पन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र ऊर्जाको श्रोत हो ।

जय छड्के ! जय छक्का पन्जा ! जय नेपाल । त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ, शुक्रबारदेखि छड्के र छक्का पन्जा ४ प्रदर्शन हुँदैछ, धेरैले किन जुधेको भनेर पनि सोधे, यो साँढे होइन जुध्नलाई, यो फुटबल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने, यहाँ दूबै टिमले जित्न सक्छ, प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना ! जय नेपाली चलचित्र !

सम्बन्धित खवर