आफूमाथि लगाएको प्रतिबन्ध बारे के भन्छन् अरशद वारसी ? - Crazysaptahik.com

आफूमाथि लगाएको प्रतिबन्ध बारे के भन्छन् अरशद वारसी ?

सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेवीले लगाएको रोकपछि बलिउड अभिनेता अरशद वारसीको प्रतिक्रिया आएको छ । अरशद वारसीले ट्विट गरे, ‘समाचार पढेको सबै चिजमाथि विश्वास नगर्नुहोस् ।

स्टक मार्केटबारे मेरी श्रीमती मारिया र मेरो बुझाई शून्य छ । हामीले सल्लाह ग¥यौँ र शारदामा लगानी गयौँ । अरू धेरै मानिसहरू झैँ हामीले पनि आफ्नो मेहनतको पैसा गुमायौँ ।’ बुधवार फिल्म अभिनेता अरशद वारसी र उनकी श्रीमतीमाथि सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेबीले रोक लगाएको थियो ।

यो रोक शेयर पम्प एन्ड डम्प मामिलासँग जोडिएको छ । ‘शेयर पम्प एन्ड डम्प’ अर्थात् सेयरमा मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत जानकारी दिनु । समाचार एजेन्सी पिटिआईका अनुसार सेबीले ३१ कम्पनी र फर्ममाथि रोक लगाएको छ ।

यसमा अरशद वारसी, उनकी श्रीमती मारिया गोरेटी र साधना ब्रोडकास्टसँग सम्बन्धित प्रमोटर्स पनि समावेश छन् । उनीहरुले युट्युबमा लगानीकर्तालाई सेयर खरिदका लागि उक्साउन गलत जानकारी भएको भिडियो हालेको आरोप छ ।

 

सम्बन्धित खवर