सीतापाइलामा सीके सिनेमाज् सञ्चालनमा, भुवन केसीले भने– गाउँगाउँमा हल खोल्नुपर्छ - Crazysaptahik.com

सीतापाइलामा सीके सिनेमाज् सञ्चालनमा, भुवन केसीले भने– गाउँगाउँमा हल खोल्नुपर्छ

सीतापाइलामा  सीके सिनेमाज् मल्टिप्लेक्स सञ्चालनमा आएको छ । सिनेमा हलको शुक्रबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलगायत उपस्थित थिए ।

उक्त अवसरमा अध्यक्ष केसीले गाउँगाउँमा फिल्म हल खोल्नु जरुरी भएको बताए । हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताउँदै उनले भने, ‘फिल्म हल कलाकारका लागि नभई फिल्मप्रेमीको लागि खुसीको कुरा भएकाले सहरमा मात्रै होइन, गाउँगाउँमा हल खोल्नुपर्छ ।’सांसद श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकोमा सञ्चालकलाई धन्यवाद दिए ।

समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्ने भन्दै उनले फिल्म हल सबैको साझा सम्पति भएको र शान्ति सुरक्षा कायम राख्दै हलको संरक्षण गर्नुपर्ने बताए ।

सीतापाइलास्थित अनुपम मलमा रहेको हलमा दुई अडिटोरियम छन् भने क्षमता ३९१ सिटको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी छ ।

१२ करोड रुपैयाँको लगानीमा निर्माण भएको हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ । हल ओपनिङमा बलिउड फिल्म ‘पठान’ र नेपाली फिल्म ‘फूलबारी’ देखाइएको थियो । शुक्रबारदेखि छक्कापञ्जा ४ र छड्के २ यहाँ प्रदर्शन भएका छन्

सम्बन्धित खवर