फिल्म ‘किर्ति’ निर्माण हुने - Crazysaptahik.com

फिल्म ‘किर्ति’ निर्माण हुने

राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने भएको छ । सिक्किम फिल्मस् र राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता नविन पाख्रिन हुन् । केही ग्याङ्स्टार ग्रुपको कथामा निर्माण हुन लागेको फिल्ममा लागि कलाकारको छनोट भइरहेको छ ।

फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने निर्देशक राजु गिरीले बताए । काठमाडौँ उपत्यकाको अलवा देशको विभिन्न स्थानमा छायाङ्कन हुने फिल्म जेठ १ गतेबाट फ्लोरमा जाने तयारी छ ।

फिल्मका निर्माता दावा गुरुङ हुन् । निर्देशक गिरीले बिहीबार मात्र फिल्म ‘नम्बरी सुन’ को छायांकन सकाएका छन् ।

सम्बन्धित खवर