यी हुन् बिग बोसका चर्चित आवाज - Crazysaptahik.com

यी हुन् बिग बोसका चर्चित आवाज

तपाईले सलमान खानको शो बिग बोस हेर्नुभएको होला । जब शो मा आवाज गुन्जिन्छ कि ‘बिग बोसले चाहान्छ…’ तब यो दबंग आवाजको पछाडि कोही बलियो मान्छे होला जस्तो लाग्छ। ती व्यक्तिको नाम विजयविक्रम सिंह हो।

विजय १३ वर्षदेखि बिग बोसको कथाकार बनेका छन् र सलमान खानपछि उनको आवाज शोको सबैभन्दा ठूलो पहिचान हो। आफ्नो स्वर देशभर चिनिन्छ भनेर विजय आफैँले कल्पना पनि गरेका थिएनन् ।

बाल्यकालदेखि नै उनको सपना सिपाही बन्ने थियो । १८ वर्षको उमेरमा, उनले आफ्नो सपनाको लागि कडा मेहनत गरे। आर्मीको परीक्षा दिए, तर अस्वीकृत भए । अस्वीकृतिले उनी यति निराश भए कि १९ वर्षको उमेरमा रक्सी पिउन थाले ।

५ वर्षमा थप ७ पटक अस्वीकृत भएपछि उनले रक्सीको लतमा पुरै डुबेका थिए । त्यसको लतले उनलाई यतिसम्म सतायो कि २४–२५ वर्षको उमेर पुगेपछि उनी आफ्नो दिनको सुरुवात नै रक्सीबाट गर्न थाले ।

शरीर यति धेरै भारियो कि उनको कलेजोले नै काम गर्न छाड्यो । उनको बाँच्ने सम्भावना १० प्रतिशत मात्रै रहेको डाक्टरले बताए । उनी ३५ दिन अस्पतालमा बसे । त्यस अवधिमा नै उनले जीवनलाई नयाँ ढंगले जिउने उद्देश्य पाए ।

यसपछि विजयले सरकारी जागिर गरे । त्यसपछि मुम्बई आए र यहाँ बिग बोसको न्यारेटर बन्ने प्रक्रिया सुरु भयो । सन् २०१९ मा उनले आफ्नो अभिनय करियर पनि सुरु गरे। उनले फेमिली म्यान, स्पेशल अप्स १.५ र फेक जस्ता वेब सिरिजमा आफ्नो अभिनय क्षमता देखाएका छन् ।

सम्बन्धित खवर