पुनर्संरचनासहित १३ वर्षपछि पुनरागमनको तयारीमा पप ब्याण्ड क्रसरोड्स - Crazysaptahik.com

पुनर्संरचनासहित १३ वर्षपछि पुनरागमनको तयारीमा पप ब्याण्ड क्रसरोड्स

१३ वर्षको अन्तरालपछि चर्चित पप ब्याण्ड क्रसरोड्सको पुनरागमन निश्चित भएको छ । ९० को दशकको यो चर्चित ब्याण्डले सदस्य हेरफेर गर्दै वैशाखमा नयाँ गीत सार्वजनिक गर्ने र टुर गर्ने घोषणा गरेको छ ।

लिड भोकलिस्ट सञ्जय श्रेष्ठले ब्याउड पुनर्संरचनासहित फर्कने तयारीमा रहेको बताए । तीन नयाँ गीत ‘जे भो राम्रै भो’, ‘मौका त मिल्ला नमिल्ला’ र ‘थ्यांक्स गड इट्स फ्राइडे’ रेकर्ड भइसकेका छन् ।

चैतसम्म यीमध्ये दुई गीतको भिडियो सार्वजनिक गर्ने तयारी छ । त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरमा निस्कने उसको तयारी छ । तीन दशकअघिको चर्चित गीत ‘त्यो मुटुलाई’ समेत रि–एरेन्ज गरेर सार्वजनिक गर्ने तयारी रहेको गायक श्रेष्ठले बताए ।

२०४८ सालतिर गठन भएको ब्याण्डले केही सदस्य थपेको छ, जसमा सुरक्षा मल्ल र श्रेया नेपालसहित रविन कार्की स्याक्सोफोन तथा लक्ष्मी महर्जन रिदममा छन् । ‘माया मेरी माया’, ‘त्यो मुटुलाई’ ब्याण्डका चर्चित गीतहरु हुन् ।

सम्बन्धित खवर