‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म - Crazysaptahik.com

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।पठानको विश्वव्यापी कलेक्सन एक हजार २७ करोड भारु पुगेको छ ।

रिलिजको पछिल्ला दिनहरुमा निर्माता कम्पनी यशराज फिल्म्सले टिकटको मूल्य ११० भारुमा घटाउँदै एउटा किन्दा अर्को निःशुल्क पाइनेजस्ता आकर्षक अफर ल्याएको थियो । आगामी बुधबारदेखि रिलिज हुन लागेको रणवीर कपुरको फिल्म ‘तु झूठी मैं मक्कर’ले पठानको कमाइलाई प्रभावित बनाउने सम्भावना देखिन्छ ।

पठानले भारतमा राम्रो कमाउँदा अक्षय कुमारको ‘सेल्फी’ र कार्तिक आर्यनको ‘शेहजादा’ भने असफल भए । योसँगै पठान धेरै कमाउने फिल्मको शीर्षस्थानमा रह्यो भने त्यसपछि क्रमशः बाहुबली २, केजीएफ २, दंगल, सञ्जु, पिके, टाइगर जिन्दा हैं, बजरंगी भाइजान, वार, पद्मावत धेरै कमाउने भारतीय फिल्महरु हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.