मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन - Crazysaptahik.com

मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन

मिस लिटिल नेवाः को १४ औं संस्करणअन्र्तगतको ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटनका लागि बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको प्रतिस्पर्धामा सहभागीले प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरे ।

ट्यालेन्ट शोमा अविशा महर्जन, रोनिशा खड्गी, इच्छा महर्जन, मुखु महर्जन, नुजला सिंह महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्सी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमिशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलिशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा गृष्मा राजचलले गायन कला प्रस्तुत गरेर मोहित तुल्याउने प्रयास गरेका थिए । १४ वर्षमुनिका १९ जना नेवार समुदायका बालिकाले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित खवर