आठ गजलकारको संयुक्त गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक - Crazysaptahik.com

आठ गजलकारको संयुक्त गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक

क्रेजी संवादाता । नेपाली गजल गायनको ईतिहासमा पहिलो पटक आठ गजलकारहरु द्धारा लिखित गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक भएको छ । आफ्नो कार्यको शिलशिलामा देश बाहिर रहेर पनि नेपाली साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको को अन्तराष्ट्रिय संस्था गलज यात्राले सो गजल आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

“तिमिलाई हेर्दा हेर्दै” गजलमा गजलकार आनन्द श्रेष्ठको मतलामा रहेर अन्य गलजकारहरु पवन लामिछाने,कृष्ण कुसुम,रोहित राना,गोवर्धन पुजा,डिल्ली चम्लागाईँ, बाषुपुष्पा अधिकारी र शतीष त्रिपाठीले शब्द निर्माण गरेका छन् ।

उत्त गजलमा अमेरीका रहेर नेपाली गित संगीतको क्षेत्रमा कार्य गर्दै आई रहेका गायक तथा संगीतकार केशव पौडेलको स्वर र संगीत रहेको छ भने जुगल डंगोलले एरेन्ज गरेका छ्न ।अहिलेसम्म यसरि धेरै जना गजलकारले लेखेको र गाईएको गजल गित नभएको दाबी गर्दै गजल यात्रा परिवारले यो गजल गित एउटा ईतिहास बन्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खवर