प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक - Crazysaptahik.com

प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक

दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो ।

ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स इन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्देशन गरेको ट्रेलर आकर्षक लाग्छ । स्पाइ र थ्रिलर जनरामा रुचि राख्ने दर्शकलाई यो ट्रेलर रुचिकर देखिन्छ ।

थ्रिलर, एक्सन र रोमान्टिक दृश्य समावेश यो फिल्मलाई ओटीटी प्लेटफर्म प्राइम भिडियोले रिलिज गर्न लागेको हो । ‘नयाँ व्यक्तित्वहरू तिनीहरूको पुरानो व्यक्तित्वसँग लडाइँमा उत्रन्छन्,’ निर्देशक रुसो दाजुभाइले आयोजित पत्रकार सम्मेलनमा भने, ‘मलाई लाग्छ हामी सबैभन्दा उत्साहित छौं किनकि मलाई थाहा छैन कि मैले पहिले कहिल्यै देखेको छु ।

जहाँ तपाईंसँग व्यक्तित्वको संकट र अन्तःस्करणको संकटसँग व्यवहार गर्ने धेरै पात्रहरू छन् ।’ट्रेलरले ‘सिटाडेल’मा मेसन र नादियाको समयको फ्ल्यासब्याक प्रस्तुत गर्छ । त्यसमा एउटा रेलमा भएको मुठभेड समावेश छ, जसको परिणाम विस्फोटक हुन्छ ।

https://youtu.be/O0JG6V-12ac

सम्बन्धित खवर