के रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छन् देउजा ? - Crazysaptahik.com

के रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छन् देउजा ?

अभिनेत्री रेखा थापा र पूजा शर्माले सहकार्यमा फिल्म निर्माण हुन लागेको केही पहिले चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलायो । अहिले फेरि दुवै एकै फिल्ममा देखिने चर्चा चलेको छ । निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म नयाँ फिल्ममा यी दुवै एकसाथ अभिनयमा देखिने भएका हुन् ।

जसको खुलासा अभिनेत्री रेखाले गरेकी छन् । सोमबार होलीको अवसरमा मिडियासँग कुराकानी गर्दै रेखाले ज्ञानेन्द्रको फिल्ममा आफू पूजासँग देखिन लागेको बताइन् । फिल्मको हाल कथा लेखन चलिरहेको छ । तीन अभिनेत्रीको मुख्य भूमिका रहने फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण हुनेछ ।

फिल्मको नाम जुर्न बाँकी छ । निर्देशक ज्ञानेन्द्र अहिले छवि राज ओझाको फिल्म ‘जेल ब्रेकर’ को काममा व्यस्त छन् । यो फिल्म सकिएपछि उनले रेखा र पूजाको नयाँ फिल्म थाल्ने बताइन्छ ।

सम्बन्धित खवर