विराटनगर पुगेर परिवारसँग दीपाले खेलिन् होली - Crazysaptahik.com

विराटनगर पुगेर परिवारसँग दीपाले खेलिन् होली

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला मंगलबार विराटनगर पुगेकी छन् । बुबा लगायत परिवारका सदस्यसँग आज (मंगलबार)को होली कार्यक्रममा सहभागी हुने र बुधबारबाट फिल्म ‘छक्कापञ्जा ४’ को मोफसल व्यवसाय बुझ्ने उद्देश्यले उनी विराटनगर पुगेकी हुन् ।

म आफन्त साथीभाइसँग होली खेलेरै बिताउँछु’ दीपाले भनिन् ‘बुधबारदेखि भने फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न ठाउँ पुग्नेछु ।’ प्रदर्शनको समय हलमै पुगेर लिएको दर्शक प्रतिक्रियाले अर्को प्रोजेट राम्रो गर्न मद्दत पुग्ने उनले सुनाइन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’ ले देशभर राम्रो व्यवसाय गरिरहेको छ । दीपाश्रीले दीपक राज गिरीलगायत समूहसँग मिलेर बनाएको यो फिल्म राजनीतिक र कमेडी विषयमा निर्माण भएको हो ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.