‘मेरो घरमा महिला फ्यान सहयोगी भएर काम गर्थिन्’ गोबिन्दाले भने – धनाढ्य परिवारकी थिइन् भनेर पछि थाहा भयो - Crazysaptahik.com

‘मेरो घरमा महिला फ्यान सहयोगी भएर काम गर्थिन्’ गोबिन्दाले भने – धनाढ्य परिवारकी थिइन् भनेर पछि थाहा भयो

९० को दशकमा चर्चित अभिनेता गोबिन्दाका धेरै फ्यान थिए । उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए । हालैको एक अन्तर्वार्तामा गोबिन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले आफ्नो परिचय परिवर्तन गरेर घरमा सहयोगीको रूपमा काम गरेको बताए ।

एक दिन सुनितालाई ती महिलामाथि शङ्का लाग्यो र उनी समातिइन् । त्यसपछि उनी असाध्यै धनाढ्य परिवारकी थिइन् भनेर थाहा भयो । त्यति बेलै उनका बुवाको आठ वटा कार थिए । गोबिन्दाका अनुसार यो घटना सुनिता र गोबिन्दाको विवाह सार्वजनिक नभइसकेको बेलाको थियो ।

मेरी आमाले उनलाई घरको काम गर्ने काम दिनुभयो – गोबिन्दा

बलिउड बबलसँगको कुराकानीमा गोविन्दाले भने, ‘एक दिन मैले उनलाई मेरो घर बाहिर उभिरहेको देखेँ । मैले उनलाई तिमीलाई जागिर चाहिएको छ र ? भनेर सोधेँ । मेरी आमालाई सोध, उहाँले नै घरको काम सबै हेर्नुहुन्छ । मेरी आमाले उनलाई घरको काम दिनुभयो ।’

गोविन्दाले थपे, ‘केटी आफ्नो काममा राम्रो थिइनन्, तर म घरमा हुँदा असाध्यै सक्रिय हुन्थिन् । मेरी श्रीमती सुनितालाई उनको व्यवहारमा शङ्का लाग्यो, उनलाई केही गडबड छ जस्तो लाग्यो । त्यसपछि सुनिताले एक दिन ती केटीसँग झगडा गरिन् र को हो भनेर सोधिन् ।’

उनी धनाढ्य परिवारकी थिइन्ः सुनिता

गोबिन्दाकी श्रीमती सुनिताले भनिन्, ‘एक दिन उनी फोनमा कुरा गरिरहेकी थिइन्, त्यति नै बेला मैले उनको फोन खोसेँ । उनी आफ्नो बुवासँग कुरा गरिरहेकी थिइन् । त्यसपछि मलाई थाहा भयो कि उनी धनाढ्य परिवारकी थिइन् र उनका बुवासँग ८ वटा कार थिए । उनी गोबिन्दाकी निकै ठुलो प्रशंसक भएका कारण उनी सँगै बस्न चाहन्थिन् ।’

विवाहको कुरा एक वर्षसम्म लुकाए

सुनिता र गोबिन्दाले ११ मार्च १९८७ मा गरेका थिए तर उनीहरुले छोरी टिनाको पहिलो जन्मदिनमा आफ्नो विवाहबारे खुलासा गरेका थिए । सुनिताले भनिन्, ‘हामीले सन् १९८७ मा विवाह गरेका थियौँ । त्यति बेला गोबिन्दा आफ्नो करियरको शीर्ष स्थानमा थिए ।

त्यति बेला हिरोको विवाह भएपछि उनीहरूको प्रशंसक घट्ने गर्दथे । त्यति बेला मैले उनलाई भनेँ, ‘एक वर्षका लागि जति फिल्म साइन गर्नुछ गर । त्यति बेलासम्म हामी चुप बस्नेछौँ । म कोठामा चुपचाप बसिरहन्थेँ । हाम्री छोरी जन्मिएपछि उनको पहिलो जन्मदिनमा विवाहबारे खुलासा गयौँ ।’

गोबिन्दा धेरै राम्रा व्यक्ति हुन् – सुनिता

सुनिताले भनिन्, ‘ गोबिन्दा धेरै राम्रा व्यक्ति हुन् भन्ने कुरा मलाई सुरुदेखि नै थाहा थियो । ’ सुनिताले आफूले जीवनमा सधैँ माया मागेको र गोविन्दाले सबै थोक दिएको बताइन् । सुनिता भन्छिन्, ‘अहिले पनि उनले मलाई माया गर्छन्, यो नै हाम्रो ३६ वर्षको सफल विवाहको राज हो ।’

गोबिन्दाकी आमाले सुनितालाई निकै मन पराउँथिन्

गोबिन्दाका अनुसार उनकी आमाले सधैँ सुनितालाई असाध्यै मन पराउँथे । उनी भन्छन्, ‘मेरी आमाले एक पटक मलाई भन्नुभएको थियो – तिमीले उसलाई धोका दियौ भने तिमी सडकमा भिख माग्ने हुनेछौ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.