टीभी फिल्मी अब ‘नारी टीभी’ - Crazysaptahik.com

टीभी फिल्मी अब ‘नारी टीभी’

१४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरिएको छ । सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले अबदेखि च्यानलको नाम नारी टीभी रहने जानकारी दिइन् । नारी दिवसको अवसरमा बुधबारदेखि टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने समेत उनले जनाइन् ।

सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘परिस्थिति फेरिंदै जाँदा करिब दुई वर्ष जति सिनेमा नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पयो । कुनै समय थियो जति बेला ‘टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक र वितरकहरुको एक मात्र साझा मञ्च थियो ।

परिस्थिति बदलिएको छ । अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक सञ्जालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ ।’ नारीमा समर्पित हुने गरी च्यानल प्रसारण गर्न लागिएको उनले बताइन् ।

कर्मचारी, प्राविधिक र प्रस्तोताको रुपमा सबै महिला नै रहने समेत उनले बताएकी छन् । नारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा नारीमै केन्द्रित रहने समेत जनाइएको छ ।

सम्बन्धित खवर