भारतीय गायक ओशो जैनले काठमाडौंमा कन्सर्ट गर्ने - Crazysaptahik.com

भारतीय गायक ओशो जैनले काठमाडौंमा कन्सर्ट गर्ने

भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्तामाझ लोकप्रिय उनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिने भएका हुन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् ।

पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफू उत्साहित रहेको उनले बताएका छन् । नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा गीत गाउने छिन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ ।

सम्बन्धित खवर