नेपालगञ्जमा मिस नेपालको अडिसन , सुर्खेतमा सोमबार हुने - Crazysaptahik.com

नेपालगञ्जमा मिस नेपालको अडिसन , सुर्खेतमा सोमबार हुने

मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए ।

शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज र पोखरामा सम्पन्न भइसकेको छ । नेपालगञ्जपछि कर्णाली प्रदेशको वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौंमा अडिसन हुनेछ ।

सुर्खेतमा सोमबार र काठमाडौंमा चैत ४ गते अडिसन हुने तय गरिएको छ ।नेपालगञ्ज प्रेसमिटमा मिस नेपालका क्षेत्रीय संयोजक सिद्धार्थजंग शाहले सबैलाई समेट्न सातै प्रदेशमा अडिसन आयोजना गरिएको बताए । ‘सातै प्रदेशमा अडिसनको अर्थ काठमाडौं पुग्न नसक्ने प्रतियोगी पनि सहभागी हुन नसकुन् भन्ने हो ।

सोहीअनुसार उत्साहजनक सहभागिता पाएका छौं,’ उनले भने । मिस नेपाल प्रियंकारानी जोशीले आगामी मिस वल्र्डमा आफ्नो तयारीबारे समेत बोलेकी थिइन् । उनले भनिन्, ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने राम्रो प्लेटफर्मको रुपमा मैले मिस नेपाललाई लिएको छु ।

मेरो उद्देश्य मिस वल्र्डमा जानु हो ।’ तीनैजना मिस नेपालले उक्त अवसरमा आफ्नो धारणा र अनुभव राखेका थिए । मिस नेपाल–२०२३ को आवेदन चैत १ गतेसम्म दिन पाइने भएको छ । आवेदन प्राप्त भइरहेको हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले हुनेछ

सम्बन्धित खवर