सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा - Crazysaptahik.com

सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा

विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मलिकको हालैको गतिविधिले इन्स्टाग्राममा चर्चा बटुलेको छ । ‘टु बिगिन अगेन’ गायकले हालै इन्स्टाग्राममा पूर्वप्रेमिका सेलेनालाई फलो गरेका हुन् । मलिकले उनलाई इन्स्टाग्राममा फलो मात्र गरेनन्, सेलेनाकी आमा त्रिशा मलिकले पनि गायकलाई फलो गरेको देखिएको छ ।

‘पिलो टक’ गायकले इन्स्टाग्राममा सेलेनासहित १८ जनालाई मात्र फलो गरेका छन् ।गोमेज र मलिकले सम्भवतः आगामी प्रोजेक्टको लागि सँगै काम गर्ने खबर बाहिरिएपछि फ्यानबीच खुसी छाएको छ । कतिपयले यी दुईबीच नयाँ लभ अफेयर सुरु भएको हुन सक्ने अड्कल काटेका छन् ।

फ्यानले यो टिमअपलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् । नेपालसहित विश्वभर सेलेना र मलिकका फ्यानहरु छन् ।व्यक्तिगत कुरा गर्दा सेलेना यसअघि विकेन्ड र जस्टिन बिबरसँगको अफेयर टुटेपछि यतिबेला सिंगल छिन् भने गायक मलिक पनि गिगी हदिदसँगको वैवाहिक सम्बन्ध टुंगिएपछि एक्लै छन् । परिस्थितिले पनि यी दुईलाई निकट ल्याएको अनुमान हलिउड मिडियाले गर्न थालेका छन् ।

सम्बन्धित खवर