७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’ - Crazysaptahik.com

७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’

हरेक नेपालीको ढुकढुकी जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।  मंगोलियन हर्टका लोकप्रिय गायक राजु लामाको स्वरमा आएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गर्दै फिमेल भोकल समेत राखिएको छ ।

गीतको फिमेल भर्सनका लागि मन्दिरा ढुङ्गेलले शब्द गरेकी छन् । गीतमा महिला स्वर भने तारा श्रीस मगरको छ ।जनकवि केसरी धर्मराज थापा प्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको याद याद सबैमाझ फेरि ताजा पार्न गीतलाई फेरि रेकर्ड गरिएको गायक राजु लामाले बताए ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन छ । यो गीत पहिलो पटक बिसं २०१० सालमा कलकत्तामा रेकर्ड भएको थियो ।

सम्बन्धित खवर