‘छड्के २’ फ्लप भएपछि अनमोलले भने– यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु - Crazysaptahik.com

‘छड्के २’ फ्लप भएपछि अनमोलले भने– यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु

पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।

उनको आगामी फिल्म ‘जेरी : अन टप’ छायांकनको तयारीमा छ । घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बताएका छन् ।

अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो । अनमोलले ‘छक्कापञ्जा ४’ लाई सफलताको बधाई समेत दिएका छन् ।

सम्बन्धित खवर