काठमाडौंमा भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको लाइभ कन्सर्ट हुने - Crazysaptahik.com

काठमाडौंमा भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको लाइभ कन्सर्ट हुने

जयश्री म्युजिक सोसाइटीको आयोजनामा आगामी आइतबार ‘नाद रङ ः कलर्स अफ लाइफ’ नामक बाँसुरी लाइभ कन्सर्ट हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा बाँसुरी वाद्यवादनलाई प्रमुख रूपमा प्रस्तुत गरिने भएको छ ।

चर्चित भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनलाई पछिल्लो पुस्ताका तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । साँझ ५ बजेदेखि सञ्चालन हुने कन्सर्टमा नेवारी र शास्त्रीय बाजाको मिश्रण गरेर बजाइने दाफा संगीत प्रस्तुत गरिनेछ ।

यस वर्षको ‘नाद रंग, आवाजको रंग’ कन्सर्टको उद्देश्य सांस्कृतिक दाफा ब्याण्डलाई स्थानीय समुदायमा पछिल्लो पुस्ताले कसरी सञ्चालन गरेको छ र यसलाई संरक्षण गरी पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भन्ने उद्देश्य राखिएको छ ।

यो लाइभ कन्सर्टका लागि काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ । कन्सर्टबाट संकलन हुने रकम संगीत विद्यार्थीको छात्रवृत्तिमा प्रयोग गरिने समेत जनाइएको छ । सोसाइटीले वक्तव्य जारी गर्दै अवसरको क्षेत्र विस्तार गर्न र संगीतकारलाई प्रतिभा र क्षमता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्न प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर