सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुने - Crazysaptahik.com

सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुने

सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुनेमिस नेपालको बारेमा जानकारी दिँदै मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणका लागि अडिसन हुने भएको छ ।

सोमबारदेखि अडिसन खुला हुने भएको हो ।आयोजक संस्था द हिडेन ट्रेजरका अनुसार स्थानीय प्रतिस्पर्धीलाई समेत अन्तिम अडिसनमा समेट्नका लागि प्रदेशहरूमा समेत अडिसन गर्न लागिएको हो । जस अनुसार अन्तिम अडिसनमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुने छ ।

आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाल प्रतियोगितालाई फराकिलो बनाउँदै सबै प्रदेशमा अडिसन गर्न लागिएको बताए । उनले भने,‘हामी कर्णालीका स्थानीय प्रतिस्पर्धीलाई समेट्ने उद्देश्यसहित कर्णालीमा आएका हौँ ।’

कार्यक्रमका लागि मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का पनि वीरेन्द्रनगरमा आएका छन् । कार्यतालिका अनुसार आज आइतबार अडिसन अन्तर्गत ओरिएन्टेशन र भोलि सोमबार मुख्य अडिसन हुने छ । कर्णालीबाट एक दर्जन सहभागी मिस नेपालमा प्रतिस्पर्धामा जाने आयोजक संस्थाले अनुमान गरेको हो ।

सम्बन्धित खवर