अभिनय निखार्न वर्कसपमा जुट्यो ‘सतीदेवी’ युनिट - Crazysaptahik.com

अभिनय निखार्न वर्कसपमा जुट्यो ‘सतीदेवी’ युनिट

लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ युनिट वर्कसपमा जुटेको छ । फिल्ममा छायाङ्कनमा सजिलो हुने र अभिनय पनि निखार्ने उद्देश्यका साथ फिल्म युनिटले कलाकारलाई वर्कसपमा जुटाएको हो । अभिनेत्री मलिका महत, कुलदीप अधिकारी, मनीषा सापकोटा लगायतका कलाकार वर्कसपमा सहभागी छन् ।

वर्कसपमा कलाकारको प्रतिभा निखार्ने काममा सहजीकरण अभिनेता भोलाराज सापकोटाले गरिरहेका छन् । फिल्म छायाङ्कनका लागि सजिलो हुने उद्देश्यले कलाकारका लागि वर्कसप चलाएको निर्देशक लक्ष्मण सुवेदीले बताए ।

‘वर्कसपले फिल्मको कथामा कलाकारलाई भिज्न सहजीकरण गर्छ’ सुवेदीले भने ‘कलाकारले संवाद पनि कण्ठ गर्ने भएकोले छायाङ्कन पनि सहज हुन्छ ।’ फिल्मको छायाङ्कन अगामी चैत्रको देस्रोसाताबाट सुरु हुने निर्देशक सुवेदीले जानकारी दिए ।

गोल्डेन स्टेट मुभी केमर्सले एसएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको प्रस्तुतकर्ता दिलासा कृयसन रहेको छ । मलिका महत, भोला सापकोटा, कुलदीप अधिकारी र मनीषा सापकोटाको लगायतको मुख्य अभिनय रहने फिल्मको कथा, पटकथा तथा संवाद, निर्माण र गीत निर्देशक सुवेदीकै रहेको छ ।

‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रङ्ग पत्रकार सुवेदीको पछिल्लो फिल्म ‘लालजोडी’ हो । लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूष्म अध्ययन गर्नुपर्ने भएकाले उनले ‘सतीदेवी’ बनाउन लागेका हुन् ।

सम्बन्धित खवर