विजय बर्मासँगको प्रेम चर्चाबारे तमन्नाले भनिन्– खण्डन गर्न जरुरी छैन - Crazysaptahik.com

विजय बर्मासँगको प्रेम चर्चाबारे तमन्नाले भनिन्– खण्डन गर्न जरुरी छैन

भारतीय अभिनेत्री तमन्ना भाटिया केही दिनअघिसम्म नेपालमा थिइन् । तमन्ना स्वदेश फर्किएसँगै उनलाई लिएर गसिप चल्न थालेका छन् । उनले अभिनेता विजय बर्मासँगको सम्बन्धको हल्लाबारे लामो समयदेखिको मौनता तोडेकी छन् ।नयाँवर्षको पार्टीमा यी दुई जना सँगै देखिएको भिडियो भाइरल बनेपछि डेटिङको हल्ला चल्न थालेको थियो ।

उक्त भाइरल भिडियोमा एकअर्कालाई चुम्बन गरेको देख्न सकिन्छ । विजयले इन्स्टाग्राम स्टोरीमा भ्यालेन्टाइन्स डेमा तमन्नासँगको फोटो सेयर गरेका थिए । फ्यानले तमन्नाको पहिरनलाई तत्कालै चिनेपछि त हल्ला झनै चर्कियो । ताजा अन्तर्वार्तामा ‘बाहुबली’ फेम्ड अभिनेत्रीले सोसल मिडियामा भएका अफवाहबारे टिप्पणी गरेकी छन् ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले आफूले विजयसँग फिल्ममा काम गरिरहेकाले हल्लाहरु आउनु स्वभाविक भएको बताएकी छन् । उनले हल्लाको खण्डन गर्नु जरुरी नभएको समेत बताएकी छन् । तमन्नाले विवाहलाई लिएर लगातार भइरहेका अफवाहलाई लिएर समेत बोलेकी छन् ।

यसअघि उनी एक व्यापारीसँग विवाह बन्धनमा बाँधिएको खबर आएको थियो । तमन्नाले भनिन्, ‘मलाई थाहा छैन किन यस्तो हुन्छ, तर केटीहरूले विवाह गर्नुअघि धेरै पटक विवाह गर्छन् । हामी हरेक शुक्रबार विवाह गर्छौं र त्यसपछि सुनिन्छ ‘ओहो तिमी अझै विवाहित छैनौ,’ उनले थपिन्, ‘बारम्बार मान्छेले मेरो विवाह डाक्टर वा व्यापारीसँग गराइरहन्छन् ।’

उनले धेरै पटक विवाह गरेको महसुस भएको बताइन् । आफूले यदि साँच्चै विवाह गरेमा मानिसले अर्को हल्ला चलाउने समेत उनले बताएकी छन् । यसैबीच, पिंकभिल्लाका अनुसार विजय र तमन्ना धेरैपटक सँगै देखिएका छन् र उनीहरु एकअर्कामा खुसी पनि छन् । सुजोय घोषको फिल्मको सेटमा उनीहरुको पहिलो भेट भएको थियो ।

सम्बन्धित खवर