‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार - Crazysaptahik.com

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो ।रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ ।

फिल्मको जनरा नै डान्स ड्रामा भएकाले शीर्ष चरित्रलाई पनि सोहीअनुसार प्रस्तुत गरिएको हो । जसिताको पात्रको नाम रुबी राखिएको छ । फिल्ममा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमेशर र प्रज्ज्वल राणाले निर्माण गरेको फिल्मको शीर्ष भूमिकामा धीरजको अभिनय छ ।

लिड फिमेलको रुपमा जसितालाई प्रस्तुत गरिएको छ । चर्चित फिल्म नृत्य निर्देशक समेत रहेकी रेनशाले आफ्नो अनुभवलाई समेट्दै नृत्यको कथावस्तुमा आधारित फिल्म बनाएकी हुन् । वैशाख २१ गतेदेखि फिल्म रिलिज तयारीमा छ । अरुण क्षेत्री र प्रेम सुब्बा सहायक भूमिकामा छन् ।

यसअघि रेनशाले आइकोरकै ब्यानरमा ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म निर्देशन गरेकी थिइन् । ज्याकीमा चाहिं निर्देशक राईकै पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

सम्बन्धित खवर