‘सरी मम’ को विशेष शो - Crazysaptahik.com

‘सरी मम’ को विशेष शो

फिल्म ‘सरी मम’ को सोमबार चलचित्र विकास बोर्डको हलमा विशेष शोको आयोजना गरिएको छ । शोमा काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, केन्द्रीय अध्यक्ष डि.के ढुङ्गाना, प्याब्सन केन्द्र, प्रदेश, जिल्ला र बिभिन्न नगरप्याब्सनका अध्यक्ष र पदाधिकारीहरू, विभिन्न संस्थागत तथा निजी बिद्यालयका प्रिन्सिपलहरू एवम् शिक्षकहरूको बाक्लो उपस्थिती रहेको थियो ।

लागुऔषध दुर्व्यसन रोकथाम जनचेतना कार्यक्रमसँगै आयोजित फिल्मको शोमा सहभागीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । उनीहरूले फिल्मले हामी धेरै व्यस्त हुने हुँदा आफ्नो छोराछोरी पनि कतै बिग्रिएका त छैनन् ? भनेर सचेत गरेको धारणा राखे ।

कार्यक्रममा सहभागीले फिल्म अभिभावक र विद्यार्थीहरुलाई अत्यन्त उपयोगी हुने धारणा राखेका थिए । कार्यक्रममा प्याब्सन केन्द्रका अध्यक्ष डि.के ढुङ्गानाले फिल्म ‘सरी मम’ आफूलाई अत्यन्त मनपरेको र फिल्म सन्देश मुलुक रहेको बताए ।

त्यस्तै काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षितले जानेर वा नजानेर किशोरावस्थाका धेरै विद्यार्थी लागू औषध दुर्व्यसनमा फसेको तथ्य राख्दै उनीहरूका लागि सन्देश दिन फिल्म उपयोगी रहेको बताए । राईले फिल्म काठमाडौँ प्याब्सनसँग आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूमा देखाउनको लागि पहल गरिदिने बताए ।

विनोद लामा तामाङ, खेमराज अधिकारी र रोजिता तामाङले निर्माण रहेको फिल्म नवीन बोगटीले निर्देशन गरेका हुन् । फिल्ममा सरिता लामिछाने, सरोज खनाल, एलिस राई, प्रभात पाल, प्रेबिल कँडेल, युनिसा बजगाई, रेजिना मगर, बिहान श्रेष्ठ , आर. बि कटुवाल लगायतको अभिनय छ ।

सम्बन्धित खवर