‘गुरु आमा’ मा बन्दै मिथिला - Crazysaptahik.com

‘गुरु आमा’ मा बन्दै मिथिला

फिल्म ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् । फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन् । फिल्मको लेखन कार्य सकिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

केही अगाडि विकास बोर्डमा नाम समेत दर्ता भएको फिल्म प्रेम सोनी सुनुवारले निर्देशन गर्न लागेका हुन् । निर्माण तथा कथा समेत निर्देशक सुनुवार रहेको छ । शिक्षा व्यवसाय होइन भन्ने मुख्य थिममा निर्माण हुन लागेको फिल्मको बाँकी कलाकार छनौट भइरहेको छ ।

फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहनेछ । वैशाखको अन्तिमबाट छायांकनमा सुरु हुने फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मका लागि मध्यनजर गरेर निर्माण हुन लागेको हो । फिल्मको प्राविधिक तथा बाँकी कलाकार औपचारिक कार्यक्रम सहित सार्वजनिक गर्ने योजना निर्माण युनिटको छ ।

सम्बन्धित खवर