महेश भट्टले भने – मलाई नाजायज सन्तान भनिन्थ्यो : बुवाले आमालाई कहिल्यै श्रीमतीको हैसियत दिएनन् - Crazysaptahik.com

महेश भट्टले भने – मलाई नाजायज सन्तान भनिन्थ्यो : बुवाले आमालाई कहिल्यै श्रीमतीको हैसियत दिएनन्

भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे । अन्तरवार्ताका क्रममा महेश भट्टले आफ्नो बाल्यकाल निकै कठिन भएको बताए ।

बुबा नानाभाई भट्ट पहिले नै विवाहित भएकोले उनले महेशकी आमा शिरिन मोहम्मद अलीलाई कहिल्यै पत्नीको हैसियत दिएनन् । त्यसैले बाल्यकालमा महेशलाई धेरैले नाजायज सन्तान भनेर जिस्काउने गर्थे । महेशले आफ्नी आमा मुस्लिम भएको र हिन्दु इलाकामा बस्ने भएकोले उनकी आमाले सधैँ आफ्नो धर्म लुकाएर बस्नुपरेको पनि बताए ।

महेशले कुराकानीको क्रममा भने, ‘मेरी आमाले आफूलाई नानाभाई भट्टले स्वीकार गरुन् भन्ने मात्रै चाहना राखेकी थिइन् । तर उनी पहिल्यै विवाहित थिए र उनको आफ्नै परिवार थियो, त्यसैले उनले कहिल्यै पनि आमालाई उनको अधिकार दिएनन् ।’

आमाको मृत्युपछि बुबाले आमाको सिउँदो भरे – महेश

महेश भट्टले त्यो मुस्किल समयलाई स्मरण गर्दै भने, ‘सन् १९९८ मा आमाको निधन भयो । आमाको अन्तिम इच्छा आफ्नो धर्म अनुसार अन्तिम संस्कार गरियोस् भन्ने चाहना थियो । मेरा पिता आफ्नी जेठी श्रीमतीसँग अन्तिम संस्कारमा आएका थिए । त्यति बेला उनले पहिलो पटक आमाको सिउँदो भरेका थिए ।’

‘यो देखेर म हैरान भएँ, उनले यस्तो गर्न ढिलो गरे भन्ने सोचिरहेको थिएँ । त्यो घटनाले मलाई भित्रैदेखि तोडिदिएको थियो । आमाले सधैँ बुवाले सबैको अगाडि स्वीकार गरुन् भन्ने चाहेकी थिइन् तर अफसोस, यस्तो हुन सकेन ।’

महेश भट्टका पिता

महेशले भने, ‘मैले बुवालाई आमाको अन्तिम इच्छाबारे बताएँ । आमाले आफ्नी आमालाई अन्तिम संस्कार गरिएको शिया समाधि स्थलमा नै अन्तिम संस्कार गरियोस् भन्ने चाहना राखेकी थिइन् । मैले यो कुरा भन्दा बुवाको अनुहार पहेँलो देखेँ । उनले हात जोडेर मलाई भने, ‘माफ गरिदेऊ छोरा, मेरो धर्मले मलाई त्यहाँ जाने अनुमति दिँदैन ।

उनको यो कुराले म भित्रैदेखि टुटेँ ।’ म त छोरा हुँ, म जानै पर्छमहेशले थपे, ‘म बुवासँग रिसाएको थिइनँ, तर मैले भनेँ – म त छोरा हुँ, म जानै पर्छ । यो अधिकार दिन मलाई भगवानले पनि रोक्न सक्दैनन् । ’

महेश मान्छन् कि उनका पिता उनको पालनपोषणका कैदी थिए तर उक्त घटनाले उनलाई जीवनभरका लागि त्रसित बनायो । स्मरण रहोस्, सन् १९८८ मा रिलिज भएको फिल्म ‘जख्म’ महेश भट्टको बाल्यकालमा आधारित छ जसमा नायिका पूजा भट्टले उनकी आमामा आधारित भूमिका निभाएकी थिइन् ।

सम्बन्धित खवर