३०० करोडका मालिक हुन् कपिल शर्मा ? भन्छन् – मसँग घर छ, गाडी छ.... - Crazysaptahik.com

३०० करोडका मालिक हुन् कपिल शर्मा ? भन्छन् – मसँग घर छ, गाडी छ….

भारतीय हास्य कलाकार कपिल शर्मा मनोरञ्जन जगतको निकै चर्चित नाम हो । उनी ‘द कपिल शर्मा शो’ को एउटा मात्रै शोको पनि लाखौँ पारिश्रमिक लिन्छन् ।केही समय भित्रै कपिल शर्मा सबैभन्दा बढी कमाउने कलाकारमा समावेश भएका छन् ।

त्यसो भए के कपिल शर्माले अहिलेसम्म ३०० करोड कमाइसकेका छन् ?एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा उनलाई उनको कुल सम्पत्तिबारे प्रश्न सोधिएको थियो । यसबारे उनले के जवाफ दिए त ?कपिललाई सोधियो, ‘तपाईँले ३०० करोड कमाइसक्नुभएको छ ।

कपिलले भने, ‘मसँग के आइरहेको छ र के छैन भन्ने कुराले मलाई खासै फरक पार्दैन । म सोच्छु कि मसँग घर छ , गाडी छ, राम्रो छ ।’ ‘मेरो सोच अहिले पनि तलब आउने मान्छेको जस्तै छ । म आफ्नो लागि महँगो कुरा किन्दिनँ । मेरी श्रीमतीले ल्याउँछिन् भने छुट्टै कुरा हो ।

त्यो किनभने उनी पहिला देखि नै राम्रो परिवारकी थिइन् । तर म त्यस्तो होइन ।’ उनले थपे, ‘यदि पैसा आइरहेको छ भने त्यो अस्वीकार पनि गर्दिनँ । त्यो नै रोजी रोटी हो, लिनु पर्छ नै ।’ उनले हाँस्दै भने, ‘निःशुल्क काम गर्नका लागि म कुनै सन्त व्यक्ति होइन । म त अझै महँगो होऊँ भन्ने चाहन्छु ।’

सम्बन्धित खवर