अभिनेता राजेश हमाल ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित - Crazysaptahik.com

अभिनेता राजेश हमाल ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित

नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३”सम्पन्न गरेको छ । गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागी थिए ।

उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड यो वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ । डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रुपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरेका थिए ।

उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता राजेश हमाललाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित गरिएको हो । सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.