चलचित्र विकास बोर्डले लेखन र निर्देशन कार्यशाला गर्ने - Crazysaptahik.com

चलचित्र विकास बोर्डले लेखन र निर्देशन कार्यशाला गर्ने

चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्म मेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा ३ देखि ५ चैत्रसम्म कार्यशाला गर्ने भएको हो ।

बोर्डको चालू आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०ः३० बजेदेखि दिउसो ३ः ३० बजेसम्म सञ्चालन हुनेछ ।कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ ।

नेपाली चलचित्रकर्मीलाई लेखन तथा निर्देशनको ज्ञान प्रदान गर्दै उत्कृष्ट फिल्म निर्देशनमा सहयोग पुर्याउने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको विकास बोर्डले बताएको छ ।

सम्बन्धित खवर