‘बहाव’ नेपाली घरको कथा हो– निर्माता पौडेल - Crazysaptahik.com

‘बहाव’ नेपाली घरको कथा हो– निर्माता पौडेल

फिल्म ‘बहाव’ चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । कथा राम्रो लागेकोले आफूले फिल्ममा लगानी गरेको निर्माता पौडेलले बताए । ‘स्क्रिप्ट सुनेपछि कथा फरक लाग्यो । यो कथा भन्न जरुरी छ भन्ने लागेपछि म निर्माता बन्न राजी भए’ पौडेलले भने ।फिल्ममा अभिनेत्री पन्तको मुख्य भूमिका छ ।

केही अगाडि सार्वजनिक ट्रेलर हेर्दा सुरक्षालाई फिल्ममा विद्रोहको ज्वाला दन्किएको एक युवतीको रूपमा देखाइएको छ । सुरक्षा अहिलेसम्मका फिल्म भन्दा केही फरक रूपमा प्रस्तुत भएको र उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्ने निर्माता पौडेल सुनाउँछन् ।

भन्छन्, ‘बहाव’ले हरेक नेपालीको घरको कथा उठान गरेको छ ।’  विभिन्न सञ्चार माध्यममा फोटो पत्रकारितामा राम्रो छाप छोड्न सफल पौडेलले पछिल्लो समय ‘मेरो फिल्म’ नामक अनलाइन पनि चलाएका छन् ।

नेपाली फिल्म तथा कमर्शियल विज्ञापनको फोटोग्राफी समेत गर्दै आएको पौडेल लगातार फिल्म निर्माण पनि गरिरहेका छन् । राम्रो कथा पाए फिल्म लगातार निर्माण गर्ने सोच रहेको उनले बताए । सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत छ ।

सम्बन्धित खवर