फिल्म ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक - Crazysaptahik.com

फिल्म ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

चैत १७ देखि प्रदर्शनको तयारीमा रहेका फिल्म ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीत मर्मस्पर्शी लाग्छ । गीतमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतमा फिल्मका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । त्रिकोणात्मक प्रेमको पीडालाई गीतमा दर्शाइएको छ । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबीच खटपट भएको बुझ्न सकिन्छ ।

गीतमा तीन पात्रको पीडालाई अलग–अलग भावमा देखाइएको छ । केही दृश्यमा भने प्रेमलाई पृष्ठभूमिका रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा शुभेच्छाले शीर्ष चरित्र प्रेमाको भूमिका निर्वाह गरेकी छन् । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो ।

काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेलको समेत अभिनय छ । निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ ।

सम्बन्धित खवर