रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल, मोहन निरौलाले आज गर्ने - Crazysaptahik.com

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल, मोहन निरौलाले आज गर्ने

चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी अभिनेत्री रेजिना उप्रेतीले प्यानल घोषणा गर्दै एजेण्डा सार्वजनिक गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उप्रेतीले आफ्नो प्यानलबाट कार्यसमितिमा उम्मेदवारी दिनेको नाम सार्वजनिक गरेकी हुन् ।

उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल बैरागी र सरिता गिरी छन् । महासचिव उम्मेदवारमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई छन् । सदस्यको उम्मेदवारमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल छन् ।

उक्त प्यानल घोषणामा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गी लगायत उपस्थित थिए । उप्रेतीको प्यानलले घोषणा गरेको एजेण्डामा कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अंकित डिजिटल कार्ड वितरण गर्ने, संघको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा लगायतका एजेण्डा छन् ।

यसैबीच, अध्यक्षका अर्का उम्मेदवार तथा वर्तमान उपाध्यक्ष मोहन निरौलाले बिहीबार प्यानल घोषणाको तयारी गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.