शाहरुखको ‘जवान’ अक्टुबरमा आउने - Crazysaptahik.com

शाहरुखको ‘जवान’ अक्टुबरमा आउने

अभिनेता शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘पठान’ ले अहिले पनि बक्स अफिसमा राम्रो ब्यवसाय गरिरहेको छ । शाहरुख भने अहिले फिल्म ‘जवान’ को काममा ब्यस्त छन् । शाहरुखका फ्यानका लागि ‘जवान’ प्रतिक्षित फिल्म बनेको छ ।

मिडिया रिपोर्टअनुसार फिल्मको रिलिज मिति परिवर्तन भएको छ । फिल्म पहिले जुनमा रिलिज गर्ने बताइएको थियो । अहिले फिल्म अक्टुबर आउने भनिएको छ । ‘पठान’ मा एक्सन अवतारमा देखिएका शाहरुख जवानमा रोमान्टिक अवतारमा समेत देखिँदैछन् ।

मिडियासँगको कुराकानीमा अभिनेता शाहरुखले पनि फिल्मको रिलिज डेट परिवर्तन हुन सक्ने बताएका छन् । उनले ‘जवान’ ठुलो बजेटको फिल्म भएकोले काम पुरा गर्न समय लाग्ने बताएका हुन् । फिल्मका निर्देशक एटली हुन् । फिल्ममा शाहरुखका अलवा अभिनेत्री नयनतारा, विजय सेतुपति र दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खवर