आगामी बुधवारबाट ‘सर्खारको सर’ प्रसारणमा आउने - Crazysaptahik.com

आगामी बुधवारबाट ‘सर्खारको सर’ प्रसारणमा आउने

टेलिश्रृंखला ‘सर्खारको सर’ निर्माण भएको छ । राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उद्देश्यले निर्माण भएको श्रृंखला गर्ने उद्देश्यले विनयराज पौडेलले निर्देशन गरेका हुन् ।

दीपक आचार्य, रविन्द्र झा, सीपी पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सविता खड्का, रमेश अधिकारी, बीरबल घले लगायतको अभिनय रहने श्रृंखलाका कार्यकारी निर्माता रघुनाथ सापकोटा हुन् ।

राजेन्द्र बजगाईंको संगीत रहेको श्रृंखला निर्माता सापकोटाले नै लेखेका हुन् । श्रृंखला आगामी सातादेखि प्रत्येक बुधवार राती ८ः ४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने निर्माता सापकोटाले जानकारी दिए । श्रृंखलाको अहिले प्रोमो सार्वजनिक गरिएको छ । जसमा कलाकार दीपक आचार्य ‘काकु’, सीपी पुडासैनी ‘धतुरे’ र रविन्द्र झाको दमदार अभिनय देख्न सकिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.