अक्षय कुमारको ‘ओमाईगड २’ हलमा नलाग्ने - Crazysaptahik.com

अक्षय कुमारको ‘ओमाईगड २’ हलमा नलाग्ने

अभिनेता अक्षय कुमारको पछिल्लो समय फिल्म राम्रो चलिरहेको छैन । सम्राट पृथ्वीराज, राम सेतु र बच्चन पाण्डे जस्ता उनका महत्वकांक्षी फिल्महरु फ्लप भएका छन् । २०२२ को अन्त्यमा रिलिज भएको ‘सेल्फी’ ले पनि राम्रो दर्शक पाउन सकेन ।

सायद, त्यसैले होला अभिनेता आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओमाईगड २’ हलमा रिलिज नगर्ने निर्णय गरेका छन् । उनले फिल्म हलको सट्टा सिधै ओटीटीमा रिलिज गर्ने निर्णय गरेको बलिउड मिडियाले जनाएका छन् । अक्षयकुमार बलिउडमा ‘खिलाडी’को रुपमा पनि परिचित छन् ।

दर्शकलाई हलसम्म कसरी तान्ने भन्ने राम्ररी बुझेका अभिनेता पनि हुन् । तर पनि उनका पछिल्ला केही फिल्म फ्लप भए ।‘ओमाईगड २’का निर्देशक अमित राई हुन् । अश्विन वर्देका साथ अक्षयकुमार समेत निर्माता रहेको फिल्ममा अक्षय कुमारसँगै पंकज त्रिपाठी, अरुण गोभिल र यामी गौतम लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्म भारतीय शिक्षा प्रणालीमा आधारित छ । फिल्मको पहिलो सिक्वेल ‘ओमाईगड’ ले बक्सअफिसमा राम्रो व्यवसाय गरेको थियो ।

सम्बन्धित खवर