फिल्म ‘जय हो’ निर्माण घोषणा - Crazysaptahik.com

फिल्म ‘जय हो’ निर्माण घोषणा

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

द्धन्द्व सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह रहने फिल्मका निर्माता शोभित बस्नेत हुन्न भने निर्माण संयोज सुवास दुखी रहेका छन् । चैत्र ५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममन शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुन् ।

सम्बन्धित खवर