‘मरिहत्ते’ मा सचिन र नीताको प्रेमकथा - Crazysaptahik.com

‘मरिहत्ते’ मा सचिन र नीताको प्रेमकथा

गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ । गीतको भिडियोमा पनि गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथ दिएकी छन् ।

‘भिडियोमा बुनिएको कथामा म उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ पनि भन्नुभयो’, गायक रौनियारले भने, ‘डिजिटल समयमा समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’ अभिनेत्री ढुङ्गानाले आफूले भिडियो निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै संदेश पनि दिने बताइन् ।

‘गृहणीको भूमिका मार्फत दैनिकीमा देखिने समस्या र सामाजिक दायित्वलाई मैले उजागर गर्नेछु ’ अभिनेत्री ढुंङगानाले भनिन् । कार्यक्रममा कुन्ति मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ । भिडियोमा हरि हुमागाइँको छायाङ्कन र विकास धमलाको सम्पादन छ । गायक रौनियारका छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीत हिट छन् ।

सम्बन्धित खवर