रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स - Crazysaptahik.com

रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स

‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेञ्ज छ । भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ ।

केही समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता कार्की अहिले एकपछि अर्काे म्युजिक भिडियोमा देखिरहेका छन् । उनले करिब एक दर्जन फिल्म अभिनय गरेका छन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, नविन निरौलाको सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ ।

सम्बन्धित खवर