कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस - Crazysaptahik.com

कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ । नेपाली परिवेश र भूगोललाई समावेश गर्ने गीतका शब्द कोर्दै आएका गीतकार चाम्लिङ्गको यो गीतमा पनि प्रकृति प्रेम र जीवनसँंग जोडिएका शब्द छन् ।

गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री मिरुना मगर र कुन्साङ्ग बोमजोनको अभिनय छ । भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ ।

मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन् । भिडियोमा राजिव समरको कोरियोग्राफी,उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

सम्बन्धित खवर