मोहनले जित्दा किन नाचिन् सरिता ? - Crazysaptahik.com

मोहनले जित्दा किन नाचिन् सरिता ?

शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो । अध्यक्ष पदमा मोहन निरौला विजयी भएपछि थुप्रै कलाकारले गीत गाउँदै नाचगान समेत गरे ।

त्यो भिडमा अभिनेत्री सरिता लामिछाने पनि रहेकी थिइन् । ३ वर्ष अगाडिको निर्वाचनमा रविन्द्र खड्कासँग पराजित उनी यो पटकको निर्वाचनमा भोटरको रुपमा मात्र सहभागी भइन् । मतगणना स्थलमा अबेर साँझम्म बसेकी उनी अध्यक्षमा मोहन निरौलाले जित्दा निकै प्रफुल्लित मुन्द्रामा नाचगानमा समेत सहभागी भइन् ।

अध्यक्ष पदमा मोहन निरौला जित्दा आफंैले जिते जस्तो भएको भन्दै उनले खुशी व्यक्त समेत गरिन् । मोहनले जितेकोमा खुशी व्यक्त गर्दै सरिता नाच्दा उनलाई अन्य कलाकारले समेत साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा विजयी कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए ।

कतिपयले सरिता नाच्नुको पछाडि अघिल्ला महाधिवेशनसँग पनि जोडेका छन् । जुन महाधिवेशनमा अहिले अध्यक्ष पदमा पराजित रेजिना सरिताको विपक्षमा लागेकी थिइन् । कारण जे भएपनि सरिताको नृत्यले भने मध्यरातमा पनि महाधिवेशन स्थलमा रौनक भित्र्याएको थियो ।

सम्बन्धित खवर